Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ७ अर्ब माथि

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ७ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २१.०३ अंकले घटेर २०८८/०७ बिन्दुमा झरेको छ ।

आज बजार समग्रमा ०.९९ प्रतिशतले घटेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ३२.७७ अंकले घट्दै २१ सय ९ को विन्दुमा पुगेको थियो । त्यस अघिका दिनहरुमा भने सेयर बजार बढेको थियो ।

नेप्से सूचक घटे पनि कारोबार रकम भने गत हप्ताको बिहीबारको तुलतमा बढेको छ । आइतबार ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएको १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार धेरै जसो जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३० करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

आइतबार शिवम सिमेन्टसको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । यसैगरी, सबैभन्दा धेरै कारोबार हुने कम्पनी हाथवे कम्पनी रहेको छ । सोनापुर मिल्स, घोराहरी सिमेन्टस, आइएमई लाइफ, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, हिमालयन डिष्टीलरी, नेपाल टेलिकम र नेपाल रिपब्लिकाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL