Logo

४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्किट ब्रेक, कालोधनको भयबाट मुक्त लगानीकर्ता

४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्किट ब्रेक, कालोधनको भयबाट मुक्त लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

बजार खुलेको ४० मिनेटमै बजार ४ प्रतिशत अर्थात ६७ दशमलव ६४ अंकले बढेपछि दोस्रो पटक ३० मिनेटका लागि कारोवार रोका गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले कालोधन छानविन समिति खारेज गर्ने वित्तिकै बजार उच्च रुपमा उकालो लागेको छ । कालोधन छानविनको डरले अत्तालिएका लगानीकर्ता सो सम्बन्धी छानविन समिति खारेज हुने वित्तीकै पुनः हौसिएका छन् ।

बजारमा सवै समुहका परिसुचक उच्च रुपमा बढेका छन् । जसमध्ये बीमा र बैंकिङ समुह उच्च रुपमा बढ्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्