Logo

बोर्डले किन खारेज गर्यो कालोधन अध्ययन समिति, के लगानीकर्तालाई राहत मिल्ला ?

बोर्डले किन खारेज गर्यो कालोधन अध्ययन समिति, के लगानीकर्तालाई राहत मिल्ला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिएको कोलोधनको छानविन गर्न गठन गरेको समिति नै खारेज गरेको छ । बोर्डले केही समय अघि सेयर बजारमा कालोधन भित्रिएको भन्दै सम्पती शुद्धिकरण सम्बन्धी अध्ययन समिति गठन गरेको थियो । उक्त समिति गठन गर्दा लगानीकर्तामा अवाश्यक भ्रम फैलन गएको भन्दै खारेज नै गरिएको बोर्डद्वारा विज्ञप्तीमा उल्लेख छ ।

लामो समयपछि आज एकै पटक नेप्से परिसुचक ५ प्रतिशतभन्दा बढीले ओरालो लागेपछि लगानीकर्तामा भ्रम पर्न गएको भन्दै सो समिति नै खारेज गरेको हो । बोर्डले केही समय अघि सम्पती शुद्धिकरणको लागि सुपरीवेक्षण तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । त्यतिवेला पौडेलको संयोजकत्वमा कानुन विभागका १, सुपरीवेक्षण विभागका २ र नियमन विभागका १ जना निर्देशक रहने गरी समिति गठन गरेको थियो । समितिलाई १ महिना भित्रै कालोधनको यथार्थको प्रतिवेदन बुझाउन निर्देशन दिएपनि सो अगावै बोर्डले उक्त समिति नै खारेज गरेको हो ।

बोर्डले बजारमा झण्डै २० प्रतिशतजति कालोधन भित्रिएको भन्दै समिति गठन गरेको थियो । तर, लगानीकर्तामा अनावश्यक भ्रम फैलिएपछि उक्त समिति नै खारेज गर्नु परेको बोर्डको तर्क छ । ‘बोर्डले समिति गठन गरेर छानविनको लागि प्रक्रिया मात्र शुरु गर्न लागेको थियो तर बजार उच्च रुपमा घट्न थाल्यो,’ बोर्डका एक अधिकारीले भने, ‘लगानीकर्ताको मनोवलमा आच नओस भनेर खारेज गरेका हौं ।’

उक्त समिति खारेज गर्नका लागि आज लगानीकर्ताको एक समुह बोर्डमै डेलिगेसन गएका थिए । उनीहरुको आवजलाई सम्बोधन गर्दै खारेज गरिएको बोर्डको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL