Logo

‘दि नेपाल डिस्टीलरिज’ले ल्यायो ४० यूपी सेगमेन्टमा ‘एरिष्टोक्र्याट’ ह्विस्की

‘दि नेपाल डिस्टीलरिज’ले ल्यायो ४० यूपी सेगमेन्टमा ‘एरिष्टोक्र्याट’ ह्विस्की



काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ । मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ । हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्विस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा छ ।

‘कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्यक घुट्कीमा पाइन्छ । सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ । यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिन्छ । यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतिक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको छ’, विज्ञप्तिमा छ ।

यस्तै, लेबलमा भएको चहकिलो कालो रङ्गले आधुनिक मदिराको छविलाई चित्रित गर्छ भने जीवन्त रातो रङ्गले गहिराइ, शक्ति र यस रङ्गसँग हाम्रो गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउने कम्पनीको दाबी छ । आफ्ना उपभोक्ताहरुको माग तथा उनीहरुको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए । प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरुबाट उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएका थिए । ४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL