Logo

बजार घटेपछि धितोपत्र बोर्डले दियो सान्तवना, लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह

बजार घटेपछि धितोपत्र बोर्डले दियो सान्तवना, लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई सान्तवना दिएको छ । सोमवार सेयर बजार ८९ अंकले घटेपछि प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले लगानीकर्तालाई हतोत्साही नहुन आग्रह गरेको हो । धितोपत्र बोर्ड र यसका कर्मचारी लक्षित गरि बोर्डले लगानीकर्तालाई हतोत्साहि बनाएर बजार घटाउन लागेको भन्ने हल्लाको पछि नलागी लगानी सम्वन्धि निणर्य लिन अनुरोध गर्छ’ विज्ञप्तिमा भनिएको छ ।

लगानीकर्ताको हकहित संरक्षण गर्ने, वजार विकासको लागि आवश्यक कार्य गर्ने जस्ता उद्देश्यले पुँजीवजारको नियमन निकायको रुपमा स्थापित बोर्डले धितोपत्र वजारलाई, वजारको सिद्धान्त अनुरुपनै चल्नदिनु पर्छ भन्ने मान्यता राखीआफ्नो कार्य अगाडि वढाउदै आईरहेको बताएको छ । साथै बजार घट्नुमा बोर्डको कुनै हात नरहेको विञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्