Logo

लिट्मस केबल्स किन्दा दुबई जाने मौका, इलेक्ट्रिसियनहरुलाई अवसर

लिट्मस केबल्स किन्दा दुबई जाने मौका, इलेक्ट्रिसियनहरुलाई अवसर



काठमाडौँ । लिट्मस केबल्सले इलेक्ट्रिसियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्सः ईको वार्निङ स्मार्ट वाचदेखि दुबई सम्मको यात्रा’ नामक योजना ल्याएको छ । जसको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको कम्पनीको भनाइ छ ।

यस योजना अन्तर्गत इलेक्ट्रिसियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १००० कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।

साथै, १५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका पाउने छन् भने २५०० कोइल्सको खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुनको लागि ईकोवायर–जेडएच खरिद गरी कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ।

उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सकिनेछ । कम्पनीको अनुसार, यो योजना पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्