Logo

बजार ५ प्रतिशतले घट्दा साढे २ घण्टामै कारोवार बन्द, किन घट्यो एकैदिन ८९ अंकले ?

बजार ५ प्रतिशतले घट्दा साढे २ घण्टामै कारोवार बन्द, किन घट्यो एकैदिन ८९ अंकले ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार अप्रत्यासित रुपमा घट्दा कारोवार शुरु भएको साढे २ घण्टामै बन्द भएको छ । कारोवार शुरु भएको डेढ घण्टामा सर्किट ब्रेक लागेको नेप्से अन्तत ५ प्रतिशतभन्दा बढीले अरोलो लागेपछि बजार बन्द भएको छ ।

सोमबार लामोसमयपछि बजारमा सर्किट ब्रेक तथा ५ प्रतिशतभन्दा बढीले घटेको हो । केही समय अघि बजार बढ्दा सर्किट ब्रेक लागेको थियो । तर, बजार घट्दा सर्किट ब्रेक तथा बन्द भने धेरै समयपछि भएको नेप्सेले जानकारी दिएको छ ।

नेप्से परिसुचक ५ दशमलव शुन्य ३ प्रतिशत अर्थात ८८ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ । बजार खुलेदेखि घट्न शुरु गरेको नेप्से परिसुचक अन्तत १ हजार ६ सय ७५ दशमलव ९१ अकमा झरेर कारोवार समय अगावै बन्द भएको छ ।

सोमबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ५ सय ३८ अंकले ओरालो लगोको छ । यसैगरी, बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ९२ अंकले घट्न गएको छ । जलविद्युत समुह १ सय १७ अंकले घटेको छ भने विकास बैंक समुह पनि ७० अंकले ओरालो लागेको छ ।

बजारमा फाइनान्स समुह ३१ अंकले घटेको छ भने होटल समुह पनि ६३ अंकले ओरालो लागेको छ । यसैगरी अन्य समुहको परिसुचक ३२ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचक ८ अंकले बढेको छ । केही समययता अरु समुहको परिसुचक घट्दा पनि उत्पादनमुलक समुहको परिसुचक भने सामान्य रुपमा बढिरहेको छ ।

कारोवार समय साढे २ घण्टामा खुम्चिएपछि बजारमा कारोवार रकम पनि घटेको छ । नेप्से परिसुचक ५ प्रतिशतले घट्दा ८८ करोड रुपैयाँको मात्र सेयर खरिदविक्री भएको छ । दिनभर कुल १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर कारोवार भएको छ । जसमध्ये सवैभन्दा बढी नेपाल बंगलादेश बैकको प्रतिकित्ता ६१ रुपैयाँले घटेर १० करोड २२ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्