Logo

ज्वेलरी उद्योगमा संयुक्त लगानी बारे सहमति, काउन्सीलको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने

ज्वेलरी उद्योगमा संयुक्त लगानी बारे सहमति, काउन्सीलको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच संयुक्त रुपमा प्रविधि एवं पूँजी लगानी गर्ने बिषयमा विभिन्न सहमति भएको छ ।

महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो २०१६ मा सहभागी भएको प्रतिनिधि मण्डल र काउन्सीलका अध्यक्ष प्रविन शंकर पाण्डेय एवं अन्य पदाधिकारीहरु बीचको बैठकमा उक्त सहमति भएको हो ।

महासंघ र काउन्सीलको सहकार्य एवं संयुक्त लगानीमा नेपालमा “ज्वेलरी प्रमोशन जोन” स्थापना गरी सो अन्तर्गत रत्न, पत्थर आदि स्थानीय कच्चा पदार्थको अन्वेशष, उत्खनन्, प्रशोधन आदि गरी निर्यात गर्ने बारे सहमती भएको छ । साथै काम अघि बढाउन सरकारी निकाय समक्ष आवश्यक सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ ।

सो अवसरमा नेपाल ज्वेलरी उद्योग लगानी प्रवद्र्धन गर्ने विषयमा काठमाडौंमा निकट भविष्यमा नै अन्तराष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्ने निणर्य गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी आधुनिक डिजाइनका आभुषणहरु उत्पादन सम्बन्धि तालिम संचालन गर्ने आदि बिषयहरुमा पनि सहमति भएको छ ।

उक्त सहमतिको कार्यान्वयनको तयारीको सन्दर्भमा काउन्सीलको उच्चस्तरीय प्रतिनिधि मण्डल निकट भविष्यमा नेपाल भ्रमणमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्