Logo

६ अंकले बढेर बन्द भयो बजार, कारोबार रकम ३ अर्ब १५ करोड माथि

६ अंकले बढेर बन्द भयो बजार, कारोबार रकम ३ अर्ब १५ करोड माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । बिहीबार तिव्र उत्तारचढावसहित नेप्से कारोबारको अन्तिम समयमा ६.५५ अंकले बढ्दै १९ सय ९४को विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार कारोबार अवधिभर ३ सय कम्पनीका ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १५ करोड १६ लाख ३५ हजार माथि पुगेको छ ।

आज ९१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ४० कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

आज कारोबार भएकामध्ये सोनापुर मिनरल्स र रिलायवल नेपाल लाईफको सेयर सबैभन्दा बढी अर्थात क्रमशः १६ करोड ४ लाख र ११ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । अन्य कम्पनीको सेयर १० करोड तलै भएको नेप्सेले जानकारी दिएको छ ।

आज ५ समुहको परिसुचक ओरालो लाग्दा बाँकी समुहको परिसुचकमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्