Logo

३ घण्टा दौडिएको नेप्से अन्तत: पछाडी फर्कियो,३ कम्पनीको १० करोड माथिको कारोवार

३ घण्टा दौडिएको नेप्से अन्तत: पछाडी फर्कियो,३ कम्पनीको १० करोड माथिको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार बजार खुल्नासाथ निरन्तर बढेको नेप्से अन्नत ३ दशमलव ८८ अंकमा झरेर बन्द भएको छ । सो दिन बजार खुेलको करिव ३ घण्टा नेप्से ३५ अंकसम्म बढेको थियो ।

साढे २ बजे पछि आरालो लाग्न शुरु गरेको सेयर बजार १ हजार ७ सय ६४ दशमलव ७२ अंकमा झरेर बन्द भएको हो । आइतवार कारोवारमा आएकामध्ये उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ८१ दशमलव ९९ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुह ५८,बैंकिङ समुह ७ दशमलव २६ र जलविद्युत ० दशमलव ० २ अंकले घटेको छ ।

यता अन्य, होटल, विकास बैंक र फाइनान्स समुहको परिसुचक भने क्रमशः १७ दशमलव ६४,४ दशमलव ३५,३ दशमलव ९७ र ० दशमलव ६३ अंकले उकालो लागेको छ । आइतवार ३ कम्पनीको १०करोड भन्दा माथि कारोवार भएको छ ।

१० करोड भन्दा माथि कारोवार हुनेमा नेपाल बंगलादेश बैंकको ११ करोड ५३ लाख,नेपाल बैंक लिमिटेड १० करोड ७६ लाख र सिद्धार्थ बैंक लिमिटेड १० करोड ६ लाख रुपैयाँबराबरको कारोवार भएको छ ।

आइतवार १ सय ४१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१लाख १६ हजार कित्ता सेयरबाट १ अर्व ५१ करोड रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्