Logo

तिव्र उत्तारचढावसहित सामान्य अंकले बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक

तिव्र उत्तारचढावसहित सामान्य अंकले बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । यो हप्ताको पहिलो दिन आईतबार सर्किट लागेर दिनभरीका लागि बन्द भएको नेप्से सोमबार भने दोहोरो अंकले घटेको थियो । पुनः मंगलबार दोहोरो अंकले बढेर बन्द भएको बजार बुधबार भने तिव्र उत्तारचढावसहित २.६० अंकले बढ्दै १९ सय ८८ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर २ सय ९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १ सय कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ३४ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । यसमध्ये बोटलर्स नेपाल, मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर लिमिटेडको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

आज सोनापुर मिनेरल्सको १४ करोढ ६७ लाख, शिवम सिमेन्टको १२ करोड ६६ लाख, अरुण काबेली पावरको १२ करोड ४२ लाख र रिलायवल नेपाल लाईफको ११ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीको सेयर कारोबार भने १० करोडभन्दा न्युन भएको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार आज होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्