Logo

हिमालयन रिको आइपीओ जारी, एक कित्ता खरिद गर्न २०६ रुपैयाँ खर्चिनुपर्ने

हिमालयन रिको आइपीओ जारी, एक कित्ता खरिद गर्न २०६ रुपैयाँ खर्चिनुपर्ने



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर (आइपीओ) आजबाट जारी भएको छ । कम्पनीले प्रतिकित्ता २ सय ६ रुपैयाँका दरले आइपीओ निष्काशन गरेको हो । कम्पनीले आइपीओमा अंकित मूल्य १ सय रुपैयाँमा थप १ सय ६ रुपैयाँ थपेर प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो ।

यसअघि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको भन्दै पाटन उच्च अदालतमा रिट दायर भएको थियो । मंगलबार उच्च अदालत पाटनले कम्पनीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेसँगै कम्पनीको आइपीओ आजदेखि सार्वजनिक भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने बताइएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL