Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार ४ अर्ब माथि

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार ४ अर्ब माथि



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलरबा सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ३६.८६ अंकले बढेर १ हजार ९ सय ८५.४४ को बिन्दुमा पुगेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन आइतबार तगातार तीन सर्किट लागेर बन्द भएको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार भने केहि घटेको थियो । मंगलबार सेयर बजारले फेरी लय समातेको छ ।

यसैगरी, सोमबार पाँच महिनाभन्दा यताकै उच्च कारोबार भएको सेयर बजारमा मंगलबार भने केहि घटेको छ । सोमबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ३० करोड ९० लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार ८४ करोड रुपैयाँले सेयर कारोबार घटेको हो ।
आज कारोबारमा आएका १३ वटा नै उपसमूहको सेयरमूल्य उकालो लागेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूह अन्तर्गतको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य ४.३३ प्रतिशतले बढेको छ । यसैगरी, जलविद्युत कम्पनी उपसमूहको सेयर मूल्य ३.३० प्रतिशत, लाईफ इन्स्योरेन्स कम्पनी उपसमूहको सेयर मूल्य ३.०५ प्रतिशत, वित्त कम्पनी उपसमूहको सेयर मूल्य ३.२३ प्रतिशत बढेको छ ।

आज २ सय ९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता सेयर ९५ हजार ४ सय ३३ पटक किनबेच भएको छ । कारोबारमा आएका २ सय १४ कम्पनीको सेयरमूल्य बढेको छ भने, २४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयर कारोबार यथावत रहेको छ । यसैगरी, कारोबारमा आएका ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, मंगलबार सिवाईसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै लगानी गुमाएका छन । यस कम्पनीको सेयर मूल्य ५.११ प्रतिशतले घटेको छ ।

यसैगरी, आज कम्पनीमध्ये सबैभन्दा धेरै कारोबार शिवम सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ७ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार सबैभन्दा धेरै हुने दोस्रो कम्पनी सोना मिनरल्स एन्ड आयल कम्पनी र तेस्रो कम्पनी रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी रहेको छ।

प्रतिक्रिया दिनुहोस्