Logo

भन्सार महानिर्देशक पौडेल नेप्सेको अध्यक्षमा, आजै पदबहाली गर्दै

भन्सार महानिर्देशक पौडेल नेप्सेको अध्यक्षमा, आजै पदबहाली गर्दै



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।

नेप्सेको अध्यक्षको रुपमा पौडेलको पदबहाल आजै (मंगलबार) हुने छ । पौडेल यसअघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालिन बीमा समितिको संचालक समिति सदस्य भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL