Logo

एकदिन पनि टिकेन सेयर बजारकाे उत्साह : परिसुचक १५ अंकले घट्दा कारोबार रकम ५ महिनाकै उच्च

एकदिन पनि टिकेन सेयर बजारकाे उत्साह : परिसुचक १५ अंकले घट्दा कारोबार रकम ५ महिनाकै उच्च



काठमाडौं । आइतबार कारोबार समयको केहि समयमै सकारात्मक सर्किट ब्रेक लागेर दिनभर कारोबार बन्द भएको सेयर बजार सोमबार भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से सूचक १५.४० अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार रकम अन्य दिनको तुलनामा धेरै बढेको छ । सेयर कारोबार रकम पाँच महिना पछिको उच्च बिन्दुमा पुगेको हो । आज ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसअघि साउन ८ गते ४ अर्ब ६२ करोड १७ लाख ८५ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसदिन पनि नेप्से सूकच २६ अंकले घटेको थियो । आज ३ सय ३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता सेयर १ लाख ९ हजार ९ सय १८ पटक किनबेच भएको छ ।

यसैगरी, आज कारोबारमा आएका १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने, ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । तीन कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ । सोमबार कारोबारमा आएका पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्