Logo

आईपीओमा १० कित्ते नीति परिमार्जन गर्दै सेबोन, प्रविन झाको नेतृत्वमा समिति गठन

आईपीओमा १० कित्ते नीति परिमार्जन गर्दै सेबोन, प्रविन झाको नेतृत्वमा समिति गठन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओमा १० कित्ता सेयर पाउने व्यवस्था खारेज गर्न समिति गठन गरेको छ । बोर्डले आईपीओको १० कित्ते नीति पुनरावलोकन गर्नको लागि समिति गठन गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ती श्रेष्ठले बताए ।

बोर्डको मंसिर २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आईपीओको १० कित्ते नीति पुनरावलोकनका लागि अध्ययन समिति गठन गरेको श्रेष्ठ बताउँछन।

बोर्ड बैठकले बोर्ड सञ्चालक समिति सदस्य प्रविन कुमार झाको नेतृत्वमा अध्ययन समिति बनाएको हो । यसैगरी, बोर्डले गठन गरेको उक्त समितिमा धितोपत्र बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना पनि रहेका छन । उक्त गठित समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १० कित्ते आरक्षण नीतिमाथि पुनरावलोकन हुने बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL