Logo

सेयरको लकईन अवधि खुल्नुभन्दा ३० दिन अघि नै सूचना जारी गर्नुपर्ने, यस्तो छ बोर्डको निर्देशन

सेयरको लकईन अवधि खुल्नुभन्दा ३० दिन अघि नै सूचना जारी गर्नुपर्ने, यस्तो छ बोर्डको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयर लक इन अवधि भन्दा ३० दिन अघि नै खुल्ने जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार नेप्से, सीडीएससी एण्ड क्लियरिङ लिमिटेड र अन्य सूचीकृत संगठित संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

सेबोनले सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको हो ।

यस्तै सेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कुल सेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने गरी व्यवस्था बोर्डले गरिदिएको हो ।

यस्तो जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि र सिडिएस एण्ड क्लियरिङलाई उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।

साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्न बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL