Logo

एकै दिन तोलाको ६ सयले घट्यो सुन, चाँदीको भाउमा पनि गिरावट

एकै दिन तोलाको ६ सयले घट्यो सुन, चाँदीको भाउमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । सो दिन सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ ।

यसअघि शुक्रवार सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आइतवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ९ सय १० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्