Logo

सेयर बजारमा सर्किट ब्रेक : ५ प्रतिशत बढेर दोस्रो पटक ४० मिनेटको लागि बजार बन्द

सेयर बजारमा सर्किट ब्रेक : ५ प्रतिशत बढेर दोस्रो पटक ४० मिनेटको लागि बजार बन्द



काठमाडौं । सेयर बजारको बढ्ने क्रमले निरन्तरता दिएपछि नेप्सेमा फेरि दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

बजार खुलेको पहिलो ५ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको नेप्से सूचक पुनः त्यसको केहि समयमै ५ प्रतिशतले उकालो लाग्दा बन्द हुन पुगेको हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।

राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ प्रतिशत राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्