Logo

लामो समयपछि सेयर बजारमा सर्किट ब्रेक : ५ मिनेटमै ४ प्रतिशत बढ्यो

लामो समयपछि सेयर बजारमा सर्किट ब्रेक : ५ मिनेटमै ४ प्रतिशत बढ्यो



काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो ।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि सेयर कारोबार पछि खुल्ने छ। यसअघि २०७८ मंसिरको ३० गते बजार ६ प्रतिशतले बढेर बन्दा भएको थियो ।  यसैगरी, नेप्सेमा आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक पश्चात २०७७ साउन ४ गते नेप्सेमा सकारात्मक सर्किट ब्रेक लागेर दिनभरी नै कारोबार बन्द भएको थियो ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

प्रतिक्रिया दिनुहोस्