Logo

विगमार्टको जुलाईको फाइदा उपहारको विजेता घोषणा, ७ जनालाई १ लाख बराबरको नि:शुल्क शपिङ

विगमार्टको जुलाईको फाइदा उपहारको विजेता घोषणा, ७ जनालाई १ लाख बराबरको नि:शुल्क शपिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विगमार्टले सञ्चालनमा ल्याएको उपहार योजनाको ७ भाग्यशाली विजेताको नामा घोषणा गरिएको छ । विगमार्टले सातौ बार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको सो उपहार योजनाको लक्की ड्र मार्फत शनिवार विजेता घोषणा गरिएको हो ।

जसमा असोक लामा ९८१८०३५९००, सुप्रिम नकर्मी ९८०३९९३३९६,विनोद घिमिरे ९८४३३३५७७५, दिपेन्द्र रम्तेल ९८१३२४७१०५, अन्जन थापा ९७४१०६२३९०, संगिना ९८४३३३५७७५ र विनु भट्टराई ९८४१९७६००३ विजेता बनेका छन् । उनीहरुले प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबरको नि :शुल्क शपिङ गर्न सक्ने छन् ।

विगमार्टले जुलाइको पहिलो सातादेखि ‘जुलाईको महिना फाइदै फाइदा’ उपहार योजना सञ्चालनमा ल्याएको थियो । सो योजना जुलाई अन्तिमसम्मका लागि लागु गरिएको हो । सो अवधिभर विगमार्टबाट ६ उत्पादन खरिद गरेका कुपनबाट लक्की ड्र गरेको हो ।

ती उत्पादनहरुमा हुलासको जिरा मसिनो ५केजी, कोक ,डभ स्याम्पो ६ सय ५० एमएल,माइनुट मेड मिक्स १ लिटर, टाइड डिटरजेन्ट र नेस्ले एभरिडे ८ सय ग्राम छ । विजेताले विगमार्टको लाजिम्पाट शाखा कार्यलयमा गएर आफ्नो उपहार लिनसक्ने बिगमार्टका व्राण्डिङ तथा मार्केटिङ म्यानेजर अन्तिम रञ्जितले जानकारी दिए ।

यसैबीच विगमार्टले मध्य बानेश्वरमा नयाँ शाखा स्थापना गर्ने भएको छ । बिगमार्टले आगामी अगष्ट १२  तारिकमा मध्यबानेश्वरमा १८ औं शाखा स्थापना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्