Logo

मंसिर २७ बाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा हिमालयन रिको आईपीओ, कतिमा दिन पाइन्छ आवेदन ?

मंसिर २७ बाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा हिमालयन रिको आईपीओ, कतिमा दिन पाइन्छ आवेदन ?



काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर एकसय रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा आईपीओ जारील गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ । उक्त सेयरमध्ये, २ प्रतिशत (६ लाख कित्ता ) सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत (१५ लाख कित्ता) सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ ।

बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखी अधिकतम ३ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL