Logo

उपत्यका भित्रको विद्युतको तार व्यवस्थापन गरिने, सहरको सौन्दर्य व्यवस्थापन गर्ने उद्देश्य

उपत्यका भित्रको विद्युतको तार व्यवस्थापन गरिने, सहरको सौन्दर्य व्यवस्थापन गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा छरिएर रहेका तारको भूमितगत रुपमा व्यवस्थापन गरिने भएको छ । जताततै विजुलीको पोलमा टाँगिएका तारले सहरी सौन्दर्य र स्वास्थ्य विगारेको भन्दै त्यस्ता तारको भुमिगत व्यवस्थापन गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार राजधानी सहर सुन्दर हुनुपर्ने भए पनि विद्युत् र टेलिफोनको तारका कारण थप अव्यवस्थित देखिएकाले व्यवस्थापन गर्न लागिएको हो ।

एउटै खम्बामा टेलिफोन, विद्युत् र केबलका तार बाहिर नै राख्दा समयसमयमा विभिन्न किसिमका दुर्घटनाको सामना गर्नुपरेकाले त्यसलाई कम गर्नका लागि उक्त कार्य सुरु गर्न लागिएको हो । ।

प्रतिक्रिया दिनुहोस्