Logo

राष्ट्रिय बिमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण, आईपिओ जारी गर्ने

राष्ट्रिय बिमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण, आईपिओ जारी गर्ने



काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनी बनेर राष्ट्रिय बीमा संस्थानको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको भएको छ ।

बीमा प्राधिकरणको बुधबारको निर्णयले यस संस्थानलाई लिमिटेडमा परिणत गरेको प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको अब आईपीओ निष्कासन गर्ने बाटो पनि खुला भएको छ । कुनै पनि कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भएपछि आईपीओ जारी गर्नुपर्ने हुन्छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २ करोड ४८ लाख ९७ हजार रुपैयाँ रहेको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बिमा कम्पनीले न्यूनतमा ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL