Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १ अर्ब नाघ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १ अर्ब नाघ्यो



काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा १०.१० अंकले घट्दै १८ सय ३७ को विन्दुमा पुगेर रोकिएको हो । मंगलबार कारोबार अवधिभर २ सय ९२ कम्पनीका ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५४ करोड ४९ लाख माथि पुगेको छ ।

आज जीवन बीमाबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसरी आज १ सय ६१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ६२ कम्पनीको सेयरमूल्य बढेको छ । आज सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्