Logo

साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार

साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८ सय ५८.५३ बिन्दुमा झरेको छ । बुधबार पनि सेयर बजार घटेको थियो । बुधबार पनि सेयर बजार मापक नेप्से सूचक १७.९३ अंकले घटेर १ हजार ८ सय ७९.६० बिन्दुमा झरेको थियो ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने केहि सुधार भएको छ । बुधबार १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएको १३ उपसमूह मध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ । म्युचुअल फण्ड तर्फको सेयर मूल्य भने बिहीबार ०.११ प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा धेरै जलविद्युत कम्पनी उपसमूहको सेयर मूल्य घटेको छ ।

बुधबार २ सय ८९ कम्पनीको ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता सेयर ३७ हजार ३१ पटक किनबेच भएको छ । कारोबारमा आएको ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । यसैगरी, ६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

बिहीबार कारोबारमा आएको तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बिहीबार सबैभन्दा धेरै सेयर कारोबार नेपाल इन्सुरेन्सको संस्थापक सेयर भएको छ ।

यस कम्पनीको ११ करोड ६७ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने दोस्रो र तेस्रो कम्पनी सोनमा मिनरल्स एन्ड आयल लिमिटेड र युनाइटेड इर्दी मर्दी हाइड्रोपावर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्