Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि खुम्चियो

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि खुम्चियो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक १७.९३ अंकले घटेर १ हजार ८ सय ७९.६० बिन्दुमा झरेको छ ।

मंगलबार पनि सेयर बजार घटेको थियो । मंगलबार सेयर बजार २.१७ अंकले घटेको थियो । यसैगरी, बुधबार कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । मंगलबार १ अर्ब २८ करोड २ लाख २८ हजार को कारोबार भएको सेयर बजारमा बुधबार १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहकोमात्र सेयर मूल्य उकालो लागेको छ । यस दिन अन्य उपसमूह तर्फको सेयर मूल्य ०.१६ प्रतिशतले घढेको हो । बाँकी १२ उप समूहको सेयर मूल्य घटेको छ । यसदिन सबैभन्दा धेरै उत्पादन तथा प्रसोधन उपसमूह तर्फको सेयर मूल्य घटेको छ । यस उपसमूहको सेयर मूल्य आज २.१३ प्रतिशतले घटेको छ ।

बुधबार २ सय ८५ कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता सेयर २९ हजार ८ सय ८३ पटक किनबेच भएको छ । कारोबारमा आएको ४२ कम्पनीको सेयर मूल्य बढेको छ, भने बाँकी १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार सोना मिनरल्स एन्ड आयल लिमिटेड कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमको आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंकको डिबेन्चर र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्