Logo

३ सयले घट्यो सुनको भाउ, तोलाको ५९ हजार २ सय, चाँदीमा पनि कमी

३ सयले घट्यो सुनको भाउ, तोलाको ५९ हजार २ सय, चाँदीमा पनि कमी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५९ हजार २ सयमा झरेको छ । बुधबार सुन तोलाको ५९ हजार सय पुगेको थियो ।

त्यस्तै बिहीवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सो दिन चाँदी तोलाको ९ सय ५ मा कारोवार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो ।

बुधवार स्थानिय बजारमा चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्