Logo

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब २८ करोड माथि

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम १ अर्ब २८ करोड माथि



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.१७ अंकले घट्दै १८ सय ९४ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर २ सय ९० कम्पनीका ४७ लाख २७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २८ करोड २ लाख २८ हजार रुपैयाँ पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये १ सय २६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय २ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज होटल तथा पर्यटन, वित्त, जलविद्युत, उत्पादनमुलक र म्युचुअल फण्ड समुहको परिसुचकहरु उकालो लाग्दा अन्य समुहका परिसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्