Logo

गहना मेलामा भाग लिन टोली भारत प्रस्थान, संयुक्त लगानीमा जेम कटिङ उद्योग स्थापनाको प्रस्ताव गरिने

गहना मेलामा भाग लिन टोली भारत प्रस्थान, संयुक्त लगानीमा जेम कटिङ उद्योग स्थापनाको प्रस्ताव गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली बुधवार भारततर्फ लागेका छन् । साउन २० गते देखि भारतको मुम्वइमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भागलिन त्यसतर्फ लागेका हुन् ।

टोलि अध्यक्ष मनिष लाल प्रधानको नेतृत्वमा भारत प्रस्थान गरेको बताइएको छ । नेपालले करीव रु. २ अर्व बरावरको पत्थर छिमेकी मुलुकवाट आयात गरि आएको परिप्रेक्षमा यस्तो व्यापारिक मेलाको आयोजना हुनु दुवै देशका व्यवसायीहरुको लागि हितकारी हुने देखिएको भन्दै मेलामा सहभागी भएकोे अध्यक्ष मनिष लाल प्रधानले बताए ।

मेलामा वाणिज्य विभागका महानिर्देशक शम्भु कोइराला र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देेशक गोकुलप्रसाद धिताललाई अतिथीको रुपमा निमन्त्रणा आएकोले उनीहरु पनि सहभागी हुने कार्यक्रम छ ।

भ्रमणवाट नेपालमा वन्दै गरेको सुन चाँदी , गर गहना, ज्वहारत सम्वन्धि नीति नियमको तर्जुमामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । ‘यस भ्रमणवाट हामीले मित्र राष्ट्र भारतको रत्न तथा आभुषण क्षेत्रको व्यवसायिक प्रगति एवं विकास वारे धेरै कुरा सिक्न र वुभ्mन सक्ने छौ’ संघद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ‘साथै नेपालको रत्न तथा आभुषण क्षेत्रको प्रगति एवं विकासमा यो अवलोकन भ्रमणले ठूलो प्रेरणा एवं उत्साह प्रदान गर्ने आशा गरिएको छ ।’

नेपालको २४ क्यारेटको गहना भारत तर्फ निकासी हुने संभावना प्रवल भएकोले दुई पक्षको बैठकमा यसवारे कुरा राखिने बताइएको छ । साथै नेपालमा पत्थरको खानी भएकोले जेम कटिङ्ग इण्डष्ट्रिज जोइन्ट भेन्चर विषयमा नेपाली पक्षले भारतको जिइएम काउन्सिललाई प्रस्ताव राखिने विषयमा पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्