Logo

टिकेन सेयर बजारको उकालो यात्रा, ११ अंकले घट्दा कारोबारमा पनि गिरावट

टिकेन सेयर बजारको उकालो यात्रा, ११ अंकले घट्दा कारोबारमा पनि गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजार दोस्रो दिन ओरालो लागेको हो ।

सोमबार सेयर बजार मापक नेप्से सूचक ११.२७ अंकले घटेर १ हजार ८ सय ९६.६७ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ४७.७५ अंकले बढ्दै १ हजार ९ सय ७ विन्दुमा पुगेर बन्द भएको थियो ।

यसैगरी, सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूह मध्ये ४ उपसमूहको सेयर मूल्य सामान्य बढेको छ भने, बाँकी ९ उपसमूहको सेयरमूल्य घटेको छ । कारोबारमा आएको २ सय ९० कम्पनीको ६० लाख १७ हजार ३ सय ९७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएको ६५ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ६६ कम्पनीको सेयरमूल्य घटेको छ भने, ८ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज अपर स्याङ्गे लजविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार सोना मिनरल्स एन्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार भएको छ। यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्