काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो ।
बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी बजारमा चाँदकिो मूल्य पनि बढेको छ । केही दिनयता सामान्य बढेको चाँदीको मूल्य बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ९ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।