Logo

बोर्डलाई आइओस्कोको सदस्यता प्राप्त, पूँजी बजारमा क्रस बोर्डर ट्रेडिङ र सुचिकरणको आधार तय

बोर्डलाई आइओस्कोको सदस्यता प्राप्त, पूँजी बजारमा क्रस बोर्डर ट्रेडिङ र सुचिकरणको आधार तय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्स (आइओस्को) को सदस्यता पाएको छ । बोर्डले धितोपत्र बजारको नियमकहरुको अन्तरराष्ट्रिय कमिसन्सको सदस्यता प्राप्त गरेको हो । उक्त सदस्यता पाएसंगै नेपालको पूँजी बजार सुधारमा अन्तरराष्ट्रिय शीपको प्रयोग तथा क्रस बोर्डर ट्रेडिङ र सुचिकरण हुने आधार तयार भएको बोर्डद्वारा विज्ञप्तीमा उल्लेख छ ।

कमिसन्सले सन् २०१६ को जुलाई देखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डलाई सदस्य बनाएको हो । पूँजी बजार स्वचालित हुनुका साथै अन्य सुधारका काम गरेका कारण बोर्डले अन्तरराष्ट्रिय संस्थाको सदस्य बन्न सफल भएको हो । ‘धेरै वर्षदेखि उक्त संस्थाको सदस्यता प्राप्त गर्न प्रयासरत बोर्डले हालै धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाई विभिन्न सुधारात्मक काम गरेसँगै कमिसन्सको सदस्यता प्राप्त गरेको हो,’ बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘यससँगै बोर्ड तथा नेपालको धितोपत्र बजारलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त हुनुका साथै सो मापदण्ड बमोजिमको नियमक निकायका रुपमा अन्तरराष्ट्रिय क्षेत्रमा बोर्ड तथा नेपालको धितोपत्र बजारको पहिचान स्वतः स्थापित भएको छ ।’

हाल कमिसन्समा दक्षिण एशियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका सहित चीन लगायत १ सय २५ मुलुकका नियमक संस्थाहरुले सदस्यता पाएका छन् । बोर्डले सदस्यता पाएसंगै बजार नियमनका लागि अन्तरराष्ट्रिय मूल्य मान्यता र सिद्धान्तको भरपुर सदुपयोग गर्न पाउने हुँदा नियमन क्षमता बिस्तार हुने बोर्डको विस्वास छ ।

प्रतिक्रिया दिनुहोस्