Logo

प्यान्ट स्टाइल डाइपर बजारमा, अन्यको तुलनामा ४ गुणा बढी तरल पदार्थ सोस्ने क्षमता

प्यान्ट स्टाइल डाइपर बजारमा, अन्यको तुलनामा ४ गुणा बढी तरल पदार्थ सोस्ने क्षमता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाटु इन्टरनेसनल प्रालिले मलेसियामा निर्मित मदर्स च्वाइस ब्रान्डका प्यान्ट स्टाइल बेबी डाइपर्स नेपाल भित्र्याएको छ । यी डाइपर्स सरकारी स्वामित्वको मलेसियन कम्पनीले अनुदानित मूल्यमै नेपाल निर्यात गरेकाले अरुभन्दा निकै सस्तोमा विक्री गरेको कम्पनीको दावी छ ।

तीन महिनाभन्दा माथिका शिशुलाई मिल्ने विभिन्न साइजमा उपलब्ध प्यान्ट स्टाइलका डाइपर्सको तरल पदार्थ सोस्ने क्षमता उच्च रहेकोले लिकेजको डर नहुने बताइएको छ । त्यस्तै डाइपर कस्सिएर शिशुको शरीरमा डाम बस्ने, रातो हुने जस्ता समस्या पनि यसमा नहुने तथा डाइपर्स शिशुका लागि निकै आरामदायी रहेको कम्पनीका प्रबन्ध निर्देशक पियूष मित्तलले जानकारी दिए । त्यस्तै यसमा तरल पदार्थ सोस्ने क्षमता सामान्य डाइपर्सको तुलनामा ४ गुणा बढी छ ।

नेपालका लागि मदर्स च्वाइसको सोल डिस्ट्रिब्युटर रहेको यो कम्पनीले यी डाइपर्सहरु ग्यारेन्टीसहित बिक्री गरिरहेको छ । ‘प्रयोगकर्ताबाट कुनै किसिमको गुनासो आएका सामान फिर्ता लिएर पैसा फिर्ता दिने मित्तलले जानकारी दिए ।

त्यस्तै प्रयोग भइसकेको सामानको पनि पैसा फिर्ता पाउने बताइएको छ । कम्पनीले डेढ दशकदेखि ताइवानको फारलिन, चीनको कम्फ्रे, भियतनामको युनिफ्रेस जस्ता विश्वविख्यात ब्रान्डका डाइपर्सको कारोबार गरिरहेकोले गुणस्तरलाई उच्च प्राथमिकता दिइरहेको छ ।

डाइपर प्रयोग गर्ने उपभोक्ता शिक्षित र आर्थिक रुपले सक्षम भए पनि सामानको गुणस्तरका विषयमा अझै भ्रममा रहेकोले उनीहरुलाई सचेत गराउनुपर्ने खाँचो देखिएको मित्तलको धारणा छ । ‘उही मूल्यमा गुणस्तरीय सामान पाइने अवस्था रहँदा रहँदै पनि उपभोक्ताले कमसल सामानलाई पैसा तिरिरहेका छन्,’ उनी भन्छन्, ‘यो कुरा उहाँहरुलाई भन्नु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्