Logo

सेयर बजारमा उत्साह, साढे २० अंकले बढ्यो

सेयर बजारमा उत्साह, साढे २० अंकले बढ्यो



काठमाडौं । बुधबार सेयर बजारमा उत्साह देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ बिन्दुमा आइपुगेको छ ।

सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा बुधबार १ अर्ब ८ करोडको कारोबार भएकाे छ ।

बुधबार कुल १९५ कम्पनीको मूल्य बढेकाे छ भने ४० को कम्पनीकाे सेयर मूल्य घटेकाे छ । ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज कारोबारमा आएको सबै उपसमूहका सूचक बढेका छन् । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्