Logo

साताको तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९५ करोडमा सीमित

साताको तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९५ करोडमा सीमित



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २३.८२ अंकले घट्दै १८ सय २९ को विन्दुमा पुगेर रोकिएको हो ।

मंगलबार कारोबार अवधिभर २ सय ८५ कम्पनीका ३६ लाख ७५ हजार १ सय १ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९५ करोड ४ लाख ७९ हजार ५ सय रुपैयाँमा सीमित भएको छ ।

तिहारपछिको लामो बिदासँगै सेयर बजार सोमबार मात्रै खुलेको थियो । सोमबार भने सेयरबजारमा सामान्य सुधार आएपनि खुलेको दोस्रो दिनमै उच्च अंकको गिरावट देखिएको हो ।

आज कारोबारमा आएका समुहमध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्