Logo

करेक्सनको बाटोमा नेप्से, १५ अंकले घट्दा पौने २ अर्वको कारोवार

करेक्सनको बाटोमा नेप्से, १५ अंकले घट्दा पौने २ अर्वको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गत साताको अन्तिम दिन घटेको नेप्से आइतवार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से परिसुचक १५ दशमलव १७ अंकले ओरालो लागेको छ ।

सो दिन सेयर बजार १ हजार ८ सय ६२ दशमलव ७६ अंकमा झरेर बन्द भएको हो । आइतवार होटल समुहको परिसुचक सवैभन्दा बढी ९५ दशमलव ९६ अंकले घटेको छ । त्यस्तै बीमा समुह ४५ दशमलव ३७, उत्पादन ३६ दशमलव ८९ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २० दशमलव ३९ अंकले घटेको छ ।

फाइनान्स र विकास बैंक समुह क्रमशः ११ दशमलव २९ र ० दशमलव ३९ ले ओरालो लागेको छ । आइतवार जलविद्युत र अन्य समुहको परिसुचक भने २३ दशमलव ५८ र १ दशमलव १५ अंकले उकालो लागेको छ ।

आइतवार १ सय ४१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३५ लाख ९४ हजार कित्ता सेयरबाट १ अर्व ७५ करोड ५० लाखको कारोवार भएको छ ।

आइतवार नेपाल बैंक लिमिटेडको सेयर सवैभन्दा बढी १४ करोड ८४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्