Logo

सिएट टायर र इनएआई लुव्रिकेन्टको डिलर्स मिट, टायर सेगमेन्टमा दुई कम्पनी उत्कृष्ट

सिएट टायर र इनएआई लुव्रिकेन्टको डिलर्स मिट, टायर सेगमेन्टमा दुई कम्पनी उत्कृष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको उपस्थिती रहेको थियो ।

भारतको अपार इन्डष्ट्रिजको उत्पादन इटालीको इएनआइलुब्रिकेन्टस र भारतको उत्पादन सिएट टायरको नेपालमा बजार प्रबद्र्धन श्रीएसटिसी प्रालिले गर्दै आएको छ ।
राजधानीको गोकर्ण फोरेस्ट रिसोर्टमा ३ दिन सम्म चलेको डिलर्स मिटमा प्रथम हुने डिलर्सहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

जसमा टायर सेगमेन्ट तर्फ डिलरद्धय प्रणाम इन्टरनेशनल, इटहरीका राधा प्रसाद ढकाल र शुभश्री ट्रेडर्स, उर्लाबारीका गोपाल कटुवाल प्रथम भएका थिए । त्यस्तै लुब्रिकेन्टस तर्फ सुरज इन्टरप्राइजेज, दमकका पिताम्बर न्यौपाने र शुभकामना अटोमोबाइल्स, ढुंगाअड्डा काठमार्डौका उमेश्वर लुइटेल प्रथम भएका थिए ।

सिएट टायर नेपाली बजारमा दोस्रो स्थानमा रहेको छ । इएनआइ लुब्रिकेन्टस चौथो स्थानमा रहेको बताइएको छ । ३ दिन सम्म जारी डिलर्स भेलामा सहभागी डिलर्सहरुवीच गल्फ प्रतियोगिता र पेन्टबल प्रतियोगिता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्