Logo

अर्थ समितिमा डा. स्वर्णिम वाग्लेले भने–बोर्ड र प्राधिकरणले सेटिङमा प्रिमियममा आईपीओ ल्याएर देश भड्खालोमा हाले

अर्थ समितिमा डा. स्वर्णिम वाग्लेले भने–बोर्ड र प्राधिकरणले सेटिङमा प्रिमियममा आईपीओ ल्याएर देश भड्खालोमा हाले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले देशलाई नै भड्खालोमा हालेको आरोप लगाएका छन् । शुक्रबार अर्थ समितिको बैठकमा बोल्दै उनले यी दुई निकायले सेटिङमा देशलाई नै घाटामा जाने काम गरिरहको बताएका हुन् ।

पछिल्लो समय यी दुई कम्पनीकै कारण न्युन आम्दानी भएका र रिटर्न नै दिन नसक्ने कम्पनीले पनि प्रिमियममा आईपीओ जारी गर्न पाएको उनको भनाई थियो । सेटिङमा यस्ता कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिँदा लगानीकर्ताको लगानी नै धराशायी हुने अवस्था आएकाले आफ्नो पार्टीले पनि यसलाई गम्भिर रुपमा लिएका बताएका छन् ।

उनले बैठकमै सरकारलाई समेत यी दुई निकायका पदाधिकारीहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरेका छन् ।

खासगरी पछिल्लो समय सेबोन अध्यक्ष रमेश हमाल न्युन नेटवर्थ भएका कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लगातार दिईरहेका छन् ।

उनले यस्तै कम्पनीहरुलाई आइपीओ जारी गर्न सहज होस भन्दै नीतिगत व्यवस्थासमेत परिवर्तन गरिसकेका छन् । यसै बिषयमा अर्थमन्त्रालयलगायतका विभिन्न निकायले उनलाई सचेत गराउने काम पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL