काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । अघिल्लो केहि दिन बढेको सेयर बजार यस बिहीबार सेयर बजार मापक नेप्से सूचक ११.८५ अंकले घटेर १ हजार ८ सय ८२ .०८ अंकमा झरेको हो ।
अघिल्लो कारोबार दिन ७८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बिहीबार १ सय ९९ कम्पनीको मूल्य घटेको छ भने ७२ कम्पनीको मूल्य बढेको छ। बाँकी ११ कम्पनीको मूल्य भने यस दिन स्थिर रहेको छ। सेयरमूल्य बढेका कम्पनीको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोल्टी होटल र हाथवे इन्भेष्टमेन्टको साढे ३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।