Logo

आरोमाको दोस्रो शोरूम पाटनको मंगलबजारमा, यस वर्ष १५ शाखा विस्तार गरिने

आरोमाको दोस्रो शोरूम पाटनको मंगलबजारमा, यस वर्ष १५ शाखा विस्तार गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि राजधानीको उत्तरढोकाबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले नेपालभर बजार विस्तार गर्ने योजना अनुरुप आफ्नो दोस्रो शोरूम विस्तार गरेको हो ।

अरोमाले एकहप्ता अघिमात्र चावहिलमा पहिलो शोरूम विस्तार गरेको थियो । महापालको शोरूम रोटरी इन्टरनेशनलका अध्यक्ष जया शाह, हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, र कम्पनीका सञ्चालक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे ।

सो अवसरमा कम्पनीका सञ्चालक अरूणराज भट्टराईले थाईल्याण्डमा उत्पादित विश्वप्रसिद्ध फेशन ब्राण्ड अरोमाका सामाग्रीलाई आम नेपालीहरूको पहुँचमा पुर्याउने उदेश्यले शाखा विस्तारलाई तिब्रता दिएको बताए । फेशनेवल लेडिज तथा जेन्स् सामाग्री विक्री वितरण गर्दै आएको अरोमाले निकट भविष्यमै अरोमाका कस्मेटिक, इलेक्ट्रिोनिक्स् तथा अन्य खाले सामाग्री भित्र्याउने जानकारी दिएको छ । नयाँ शोरूमबाट होलसेल, रिटेल र कष्टमाईजका सबै सेवा प्रदान गर्ने बताइएको छ ।

कम्पनीले यहि वर्षभित्रै नेपालका विभिन्न १५ स्थानमा शो–रूम विस्तार गर्ने लक्ष्य लिएको छ । जसअनुसार केहीदिनमै मकवानपुरको हटौडा बजारमा शोरूम विस्तार गर्ने जनाएको छ । यसैबिच कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेको छ ।

अरोमा थाईल्याण्डमा उत्पादन हुने बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादन विशेषगरी युरोप र एशियामा बढि मन पराइन्छ ।

प्रतिक्रिया दिनुहोस्