Logo

साढे ३ अंकले घट्यो नेप्से, वित्तीय विवरण आएकै दिन नेपाल बैंकको २३ करोडको खरिदविक्री

साढे ३ अंकले घट्यो नेप्से, वित्तीय विवरण आएकै दिन नेपाल बैंकको २३ करोडको खरिदविक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बजार खुलेको केही समय बढेको नेप्से परिसुचक अन्तमा घटेको हो ।

विहीबार नेप्से परिसुचक ३ दशमलव ५१ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार ८ सय ७७ दशमलव ९३ अंकमा झरेर अडिएको छ ।

बजारमा फाइनान्स र बीमा वाहेक समवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी उत्पादनमुलक समुह ६० अंकले घट्न गएको छ । त्यसैगरी बजामा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २ दशमलव ७५ अंकले ओरालो लागेको छ । विकास बैंक, होटल, जलविद्युतजस्ता समुहको परिसुचक पनि सामान्य ओरालो लागेका छन् ।

विहीबार कारोवार हुने उच्च १० कम्पनीमा बैंकिङ समुहकै वाहुल्यता रहेको छ । जसमध्ये सवैभन्दा बढी नेपाल बैंकको सेयर कारोवार भएको छ । झण्डै ३ अर्ब खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको आज प्रतिसेयर मूल्य ३८ रुपैयाँले बढेर २३ करोड ५० लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

यस्तै दोस्रो बढी कारोवार हुने कम्पनीको सुचीमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थको पनि साढे ११ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । दिन भर कुल १ सय ४७ कम्पनीको सेयर खरिद विक्री भएको छ । ती कम्पनीको २ अर्ब ३० करोड रुपैयाँ बरावरको १ करोड ७ लाख कित्ता किनेवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्