Logo

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको दोस्रो दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने २१.३० अंकले बढ्दै १८४७ को विन्दुमा पुगेर बन्द भएको हो ।
कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्सेमा आज १ सय ९९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

आज कारोबार अवधिभर २ सय ८३ कम्पनीका ३५ लाख ५५ हजार ६ सय ७० कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिन आईतबारको तुलनामा कम हो । आईतबार कारोबार ९७ करोड माथि पुगेको थियो ।

आज सबै समुहका परिसुचक उकालो लागेका छन् भने कारोबारमा आएका २ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL