Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ९७ करोड माथि

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ९७ करोड माथि



काठमाडौं । साताको पहिलो कारेबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २१.४६ अंकले घटेर १ हजार ८ सय २६.२३ बिन्दुमा झरेको हो ।

गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको थियो । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.८६ अंकले घटेर १ हजार ८ सय ४७.७६ बिन्दुमा पुगेको थियो ।

गत हप्ताको तुलनामा सेयर कारोबार रकम भने केहि बढेको छ । बिहीबार ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आइतबार ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार २ सय ८९ कम्पनीको ३५ लाख ५८ हजार ५ सय ५४ कित्ता सेयर ३९ हजार ३ सय २२ पटक किनबेच भएका छन् ।

आइतबार कारोबारमा आएका ३५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी १ सय ९७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने, ४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूह मध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ भने एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । आज होटल तथा पर्यटन समूहको सेयर मूल्य बढेको छ । यस उपसमूह तर्फको सेयर मूल्य आज ०.३५ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै लगानी उपसमूह तर्फका लगानीकर्ताले गुमाएका छन ।

आज नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ । आज बैंकको ४ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया दिनुहोस्