Logo

ड्याटसन रेडि गोको बुधवारदेखि नेपालमा विक्री शुरु , मूल्य १४ लाख

ड्याटसन रेडि गोको बुधवारदेखि नेपालमा विक्री शुरु , मूल्य १४ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ड्याटसन गाडीको नेपालस्थित आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपालको पहिलो अर्वान क्रस कार ड्याटसनको विक्री शुरु गरेको छ । कम्पनीले बुधवारदेखि सो गाडीको विक्री शुरु गरेको हो ।

पर्याप्त स्पेस, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र क्रसओभरमा जिपी ड्राइभिङको रोमाञ्चकता सो गाडीमा छ । साथै एन्ट्री लेभल कार सेग्मेन्टलाई नयाँ परिभाषा दिने लक्ष्य लिएका बताइएको छ । यसको मूल्य १३ लाख  ९९ हजार रुपैयाँ तोकिएको छ

उत्कृष्ट परफरमेन्स र स्टाइलिस डिजाइनले भरिएको आधुनिक ड्याटसन रिडी गो पाँच वटा आर्कषक बडी कलर अप्सनहरु–सेतो, सिल्भर, ग्रे, रुबी र लाइम मा उपलब्ध हुनेछ ।
यसमा युकान नामक नयाँ जापानीज डिजाइन फिलोसोफी रहेको छ जसले बहादुर र बोल्ड भन्ने दर्शाउँछ । त्यस्तै यसमा रहेको टलबोई स्टाइलिङले उत्कृष्ट इनक्लास ग्राउन्ड क्लियरेन्स, बढी स्पेस र ड्राइभरको लागि उत्तम भिजिबिलिटी दिन्छ ।

नयाँ डाटसन रेडि गोमा वृहत सेफ्टी प्याकेज छ । यसले ह्याण्डलिङ र राइड कमफर्टकोबीचमा राम्रो व्यालेन्स दिन्छ । ड्याटसनले आकर्षक तीन वर्ष ३० हजार किमी इट्याण्डर्ड वारेन्टी प्रदान गर्ने बताइएको छ ।

यसले आफ्ना युवा ग्राहकहरुलाई ध्यानमा राखेर ५० सम्भावित एसेसरिजहरु प्रदान गर्छ । यसका पाँच वटा पर्सनलाईज्ड किट अप्सनहरु अर्वान, स्टाइल,कुललगायत छन् ।
सो गाडी बुधवारदेखि नेपालभर ११ ओटा सेल्स र सर्भिस टचप्वाइन्टहरुमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्