Logo

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से, कारोबार ९६ करोड माथि

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से, कारोबार ९६ करोड माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १०.८६ अंकले घटेर १ हजार ८ सय ४७.७६ बिन्दुमा पुगेको छ ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो कारेबार दिनहरुको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशत बढेको हो ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक बढेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत घटेको छ । आज व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज २ सय ८१ कम्पनीको ३७ लाख ४९ हजार कित्ता सेयर ४५ हजार ७ सय ६३ पटक खरिदबिक्री भएको छ । बिहीबार चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक ६.०४ प्रतिशत बढेको छ । बिहीबार हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशत बढेको छ ।

बिहीबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ५५ रुपैयाँ ८० पैसा घटेर ५०२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, बिहीबार रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य लगभग करिब साढे ७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन आशा लघुवित्तको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको यस दिन १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । त्यसैगरी, बिहीबार प्राइम कमर्सियल बैंकको करिब साढे ६ करोड रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्