Logo

३९ दशमलव ६६ अंकले बढ्यो नेप्से, २ अर्ब २४ करोडको कारोवार

३९ दशमलव ६६ अंकले बढ्यो नेप्से, २ अर्ब २४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार सेयर कारोबारमा नयाँ शुल्क लागू भएँगै पछि भएको पहिलो कारोबारमा नेप्से सूचक उच्च अंकले बढेको छ । नेप्से ३९ दशमलव ६६ अंकले बढेर १ हजार ८ सय ३८ दशमलव ४९ अंकमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्चले आइतबारदेखि सेयर कारोबारको नयाँ कमिशन शुल्क लागू गरेको थियो । सोमबारको कारोबारमा जलविद्युत समूहको सूचकबाहेक अन्य सबै सूचक बढेका छन् । जलविद्युत समूह १२ अंकले घटेको छ ।

सोमबारको कारोबारमा बीमा र विकास बैंक समूहको सूचक उच्च अंकले बढेका छन् । बीमा समूहको सूचक ८३ दशमलव ९२ अंकले र विकास बैंक समूहको सूचक ८१ दशमलव८५ अंकले बढेको छ ।

त्यसैगरी, वाणिज्य बैंक समूहको ४२, होटल समूहको ४३, वित्त कम्पनी समूहको २१, अन्य समूहको ९ र उत्पादनमूल समूहको उपसूचक ३ अंकले बढेका छन् ।

यो दिन १ सय ४७ कम्पनीका ४७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । सोबाट २ अर्ब २४ करोड रुपैयाँ कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्