Logo

जगदम्बाको ‘आऔं सबै मिली देश बनाऔं’ अभियान, एकजुट भई दीगो निर्माणमा लाग्न आग्रह

जगदम्बाको ‘आऔं सबै मिली देश बनाऔं’ अभियान, एकजुट भई दीगो निर्माणमा लाग्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्बा सिमेन्टले आम नेपालीहरुलाई एक भई मजबुत तथा दिगो निर्माणमा लाग्न आग्रह गर्दै ‘आऔं सबै मिली देश बनाऔं ’ भन्ने नारा अघि सारेको छ । नेपालको समग्र बिकास स्वयम् नेपालीहरुकै प्रयासबाट मात्र सम्भव छ भन्ने सन्देशका साथ आम नेपालीलाई एकजुट भई मजबूत तथा दीगो निर्माणमा लाग्न आग्रह गर्दै यो अभियान थालिएको कम्पनीले जानकारी दिएको छ ।

जगदम्बा सिमेन्टले विगत ५ वर्षदेखि ‘मेरो देश, मेरो जगदम्बा सिमेन्ट’ भन्दै सारा नेपालीलाई एकताको शुत्रमा बाँध्न प्रयास गर्दै आएको छ । यसैको विस्तार स्वरुप कम्पनीले यो अभियान सार्वजनिक गरेको बताइएको छ ।

जगदम्बा सिमेन्टले भैरहवा तथा वीरगञ्जमा अवस्थित आफ्ना दुई उद्योगबाट नियमित ५२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्