Logo

१४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा १४.२९ अंकले घट्दै १८६४ को विन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबार अवधिभर २ सय ८६ कम्पनीका २२ लाख ५८ हजार १ सय ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा न्युन हो । सोमबार ६९ करोड रुपैयाँ बढीकाे सेयर कारोबार भएको थियो ।

आज १ सय ९३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ३८ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्