Logo

सेयर बजारमा झिनो सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा झिनो सुधार, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । सोमबार सेयर बजारको कारोबार रकम भने अघिल्लो दिनहरुको तुलनामा झन घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार सेयर बजार मापक परिसूचक नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७८.७० बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार भने सेयर बजार दोहोरो अंकले घटेको थियो ।

आइतबार नेप्से सूचक २८.१८ अंकले घटेर १ हजार ८ सय ७५.६५ बिन्दुमा आईपुगेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । आज १३ उपसमूहमध्ये १० वटा उपसमूहको सेयर मूलय बढेको छ ।

आइतबार ७४ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको मा सोमबार ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

सोमबार २ सय ८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ३० हजार २ सय ३७ पटक कारोबार भएको छ । यस दिन कारोबारमा आएको १ सय २८ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ९७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ३ करोड ६० लाख रुपैयाँसहित कारोबार रकममा साधना लघुवित्तको संस्थापक सेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र सिद्धार्थ बैंकको संस्थापक सेयर परेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL